Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता, मन्त्रिपरिषद् हेरफेरको तयारी

प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता, मन्त्रिपरिषद् हेरफेरको तयारी

सोमवार , मंसिर ३, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटार भेटवार्ता भएको हो । भेटवार्तालाई नियमित भनिएको छ ।

तर, भेटमा प्रधानमन्त्री र देउवाबीच सरकारमा रहेका मन्त्रीहरूको कामकारबाहीबारे समीक्षा हुने दाबी गरिएको छ ।

मन्त्रीहरूको समीक्षापछि थप निर्णय लिने तयारीमा प्रधानमन्त्री ओली रहेको दाबी गरिएको छ । सम्भवतः प्रधानमन्त्री ओलीले चीन भ्रमणअघि मन्त्री हेरफेर गर्ने तयारी थालेका छन् ।

उनीहरुबीच मन्त्रिपरिषद्को हेरफेर, स्थानीय चुनाव, प्रधानमन्त्रीको चीन भ्रमण लगायतका विषयमा पनि छलफल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077