Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

मीनबहादुरको जग्गादानविरुद्धको रिट न्यायाधीशद्वय मल्ल र मुसलमानको इजलासमा

मीनबहादुरको जग्गादानविरुद्धको रिट न्यायाधीशद्वय मल्ल र मुसलमानको इजलासमा

मंगलवार , मंसिर ४, २०८१

काठमाडौं । नेकपा एमालेको कार्यालय भवन बनाउन व्यवसायी मीनबहादुर गुरुङले गरेको जग्गा दानविरुद्धको रिट न्यायाधीशद्वय सपना प्रधान मल्ल र अब्दुल अजिज मुसलमानको इजलासमा परेको छ।

एमालेको पार्टी कार्यालय निर्माणका लागि व्यवसायी गुरुङबाट दानमा पाएको जग्गासम्बन्धी विवादमा दायर भएको रिट न्यायाधीशद्वय मल्ल र अब्दुल मुसलमानको संयुक्त इजलासमा परेको हो ।

यसअघि आइतबार उक्त मुद्दा प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतसहितको पूर्ण इजलासमा पेसी परेको थियो । तर हेर्न नभ्याउने हुँदै स्थगित भएपछि आज फेरि नयाँ इजलासमा पेसी तोकिएको हो ।

उक्त मुद्दामा पहिलो सुनुवाई गर्दै सर्वोच्चले कात्तिक १२ गते अल्पकालिन अन्तरिम आदेश जारी गरेको थियो ।

न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले भाटभटेनी डिपार्टमेन्ट स्टोरका मालिक गुरुङसँग जग्गा तत्काल लिने कार्य रोक लगाएको थियो ।

भाटभटेनी सुपर मार्केटका सञ्चालक व्यवसायी गुरूङ र उनकी श्रीमती सावित्री गुरूङले काठमाडौंको कीर्तिपुर नगरपालिका- २ मैत्रीनगरमा एमालेका लागि पार्टी कार्यालयका लागि जग्गा दान गरेका थिए।

गुरुङ दम्पत्तीले दान गरेको १० रोपनी १४ आना जग्गा असोज २५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको केन्द्रीय कार्यालय भवनको शिलान्यास समेत गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077