Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुने, आजै चिह्न प्रदान गरिँदै

उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुने, आजै चिह्न प्रदान गरिँदै

बुधवार , मंसिर ५, २०८१

काठमाडौं । स्थानीय तह उपनिर्वाचन अन्तर्गत आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने भएको छ ।

निर्वाचन आयोगले उम्मेदवारलाई नाम फिर्ता लिनको लागि बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समय दिइएको छ ।

त्यसपछि, दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गर्ने आयोगको तयारी छ।

दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न वितरण गरिने जनाएको छ । मतदान यहीँ मंसिर १६ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म हुनेछ।

कुल ४४ पदका लागि ४१० जनाले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077