Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

बीआरआई सम्झौतालाई गिजोल्ने काम नगरौँ, प्रधानमन्त्रीको चीन भ्रमणमा अघि बढाऔँ : प्रदीप ज्ञवाली

बीआरआई सम्झौतालाई गिजोल्ने काम नगरौँ, प्रधानमन्त्रीको चीन भ्रमणमा अघि बढाऔँ : प्रदीप ज्ञवाली

बुधवार , मंसिर ५, २०८१

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले चीनसँग गरिएको बीआरआई सम्झौता कार्यान्वयन योजना अघि बढाउने कुरालाई रोक्न नहुने बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै पूर्व परराष्ट्रमन्त्री समेत रहेका उपमहासचिव ज्ञवालीले कांग्रेस–माओवादी नेतृत्वको सरकारको पालामा भएको सो सम्झौता अघि बढाउने विषयमा पछि हट्न नमिल्ने बताएका हुन् ।

उपमहासचिव ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा सो सम्झौताको कार्यान्वयन योजना अघि बढाउने कुरालाई रोक्न नहुने बताए ।

उनले सत्तारुढ नेपाली कांग्रेससँग सो योजना अघि बढाउने विषयमा मतभिन्नता रहेको उल्लेख गर्दै सो कुरामा प्रधानमन्त्री ओली चीन भ्रमण जानुअघि नै सत्तारुढ दुई दलबीच सहमति बन्ने विश्वास समेत व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077