Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

अर्काको खुट्टामा टेकेर चल्दा माओवादीकै पहिचान हरायो : प्रचण्ड

अर्काको खुट्टामा टेकेर चल्दा माओवादीकै पहिचान हरायो : प्रचण्ड

बिहिवार , मंसिर ६, २०८१

गोरखा । पूर्वप्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अर्काको खुट्टामा टेकेर चल्दा माओवादीकै पहिचान हराएको बताएका छन् ।

नेकपा माओवादी केन्द्र गोरखाले आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

प्रतिपक्षीहरू अहिले एकजुट भएको भन्दै उनले कांग्रेस र एमालेसँग भने कहीँ पनि तालमेल नगर्ने जिकिर गरे। ‘कांग्रेस र एमालेसँग हाम्रो कहीँ पनि तालमेल नगर्ने ब्ल्याक एण्ड ह्वाइट निर्णय हो। अर्काको खुट्टामा टेकेर चल्दा माओवादीकै पहिचान हरायो’, उनले भने, ‘अहिले जतिसुकै आओस्, हामी एक्लै भिड्ने हो। एक्लै भिड्दा नै माओवादीको असली पहिचान पनि देखिन्छ, तागत पनि देखिन्छ ।’

यस्तै उनले आगामी माघ, फागुनदेखि काठमाडौं केन्द्रित शक्तिशाली आन्दोलन गर्ने संकेत गरेका छन् । आउँदो पुस २ गते बस्ने बैठकले यसबारेमा टुंगो लगाउने उनले बताए ।

कांग्रेस एमालेको वर्तमान गठबन्धन भत्काउने र नयाँ सरकार बनाउने हतारोमा आफू नरहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077