Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

काठमाडौंमा आज शक्ति प्रदर्शन गर्दै एमाले, एक लाख नागरिक सडकमा उतार्ने तयारी

काठमाडौंमा आज शक्ति प्रदर्शन गर्दै एमाले, एक लाख नागरिक सडकमा उतार्ने तयारी

शुक्रवार , मंसिर ७, २०८१

काठमाडौं । नेकपा एमालेले आज सडकमा शक्ति प्रदर्शन गर्दैछ ।

कार्यक्रमका संयोजकसमेत रहेका वाग्मती प्रदेश इन्चार्ज राजन भट्टराईका अनुसार जागरण सभा दरबारमार्गमा हुनेछ । एमालेले एक लाख मानिस सडकमा उतारेर ‘जागरण सभा’ गर्न लागेको हो ।

जागरण सभालाई पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् ।

भद्रकालीबाट जुलुस न्युरोड गेट, वीर हस्पिटल, रत्नपार्क, त्रिचन्द्र क्याम्पसको अगाडिबाट दरबारमार्गमा पुगेर कोणसभामा परिणत हुनेछ ।

बिहान साढे ११ बजे जुलुुस सुरू गरेर साढे १२ बजे दरबारमार्गमा कार्यक्रम हुने बताइएको छ । अराजकता र निराशालाई चिर्न जागरण सभा गर्न लागिएको एमालले जनाएको छ ।

एमालेले यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन लक्षित गरेर कार्यक्रम गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077