Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

प्रचण्डले कांग्रेसलाई प्रधानमन्त्रीको अफर गरेको गगनको खुलासा, भन्छन् - हरेक हप्ता खबर पठाउँछन्

प्रचण्डले कांग्रेसलाई प्रधानमन्त्रीको अफर गरेको गगनको खुलासा, भन्छन् - हरेक हप्ता खबर पठाउँछन्

बिहिवार , मंसिर १३, २०८१

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसलाई प्रधानमन्त्रीको अफर गर्ने गरेको खुलासा गरेका छन् ।

बिहीबार कीर्तिपुर उपनिर्वाचनको चुनावी सभालाई सम्बोधन गर्दै थापाले माओवादीका अध्यक्ष प्रचण्डले हप्तामा एक पटक प्रधानमन्त्री बनिदिन आग्रह गर्ने गरेको खुलासा गरेका हुन् ।

उनले कांग्रेस इमान्दारितापूर्वक वर्तमान सरकारलाई तीन वर्षसम्म स्थिर रूपमा अघि बढाउन चाहिरहेको र सरकारलाई तलमाथि गर्ने सोच नरहेको बताए ।

उनले भने, ‘हप्तामा एक पटक प्रचण्डले खबर पठाउनुहुन्छ– “लौ न, कांग्रेसले प्रधानमन्त्री बनिदिनुपर्‍यो।” यो खबर पहिले अरुले पठाउने गर्थे, अहिले उहाँले पठाउनुहुन्छ।’

संसदमा अहिले पनि कांग्रेसकै बहुमत रहेको तर स्थिर सरकार दिनको लागि माओवादी केन्द्र र एमालेसँग सहकार्य गरिएको महामन्त्री थापाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077