Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

गगनलाई प्रचण्ड सचिवालयको जवाफ - अब प्रधानमन्त्री बनिदिनुस् भनेर हिँड्दैनौँ, हैसियत बनाउँछौँ

गगनलाई प्रचण्ड सचिवालयको जवाफ - अब प्रधानमन्त्री बनिदिनुस् भनेर हिँड्दैनौँ, हैसियत बनाउँछौँ

बिहिवार , मंसिर १३, २०८१

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को सचिवालयले जवाफ फर्काएको छ ।

बिहीबार दिउँसो कीर्तिपुरमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै थापाले माओवादी अध्यक्ष प्रचण्डले हप्तामा एकपटक प्रधानमन्त्री बनिदिन आग्रह गर्ने गरेको बताएका थिए ।

सोहीको जवाफमा प्रचण्ड सचिवालयले माओवादी अब कसैलाई प्रधानमन्त्री बनिदिनुस् भनेर हिँड्दैन भनेको हो । दाहालका स्वकीय सचिव रमेश मल्लले फेसबुकमा लेखेका छन्, 'माओवादी अब कसैलाई प्रधानमन्त्री बनिदिनुस् भनेर हिँड्दैन, नयाँ जनादेशसहित आफैँ प्रधानमन्त्री बन्ने हैसियत बनाउँछ ।'

साथै मल्लले यस्तो अभिव्यक्ति दिने महामन्त्री थापालाई कीर्तिपुरमा कांग्रेसको ओरालो बाटो देखेर बोलेको आरोप लगाए । महामन्त्री जी, कीर्तिपुरको निर्वाचनमा कांग्रेसको ओरालो बाटो तपाईंको मनोदशाबाट राम्रैसङ्ग छचल्किएछ, उनले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077