Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

देशमा विदेशी विद्यार्थी आकर्षित गर्ने शिक्षा प्रणाली लागू गर्नुपर्छ : प्रचण्ड

देशमा विदेशी विद्यार्थी आकर्षित गर्ने शिक्षा प्रणाली लागू गर्नुपर्छ : प्रचण्ड

शुक्रवार , मंसिर १४, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले देशको शिक्षा प्रणालीमा धरै समस्याहरू रहेको बताएका छन्।

निजी तथा आवासीय विद्यालयहरूको छाता संगठन प्याब्सनद्वारा आयोजित अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

निजी विद्यालयले प्रदान गरेको शिक्षामा मात्र नभइ समग्र सार्वजनिक शिक्षा प्रणालीमा पनि समस्याहरू विद्यमान रहेको उनको भनाई छ ।

देश सङ्घीय शासन व्यवस्थामा प्रवेश गरेसँगै शिक्षामा समता,समावेशिता र सामाजिक न्यायको सुनिश्चितता गर्ने प्रयास गरिएको अध्यक्ष प्रचण्डको भनाइ छ।

उनले संघीय शिक्षा ऐन निर्माणमा ढिलाइ हुँदा प्रदेश र स्थानीय सरकारसम्म त्यसले समस्या ल्याएको बताए। स्थानीय तहले शिक्षाको व्यवस्थापनका लागि आवश्यक ज्ञान,स्रोतसाधन र क्षमता नपाएको उनको भनाइ छ।

ग्रामीण क्षेत्रमा डिजिटल शिक्षाको पहुँच अत्यन्तै सीमित रहेको बताउँदै अध्यक्ष प्रचण्डले इन्टरनेटको अभाव र प्रविधिमा दक्षता नहुँदा धेरै विद्यार्थी आधुनिक शैक्षिक अवसरबाट बञ्चित रहेको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077