Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

बुद्ध दर्शनले मात्रै विश्वमा शान्ति हासिल हुन्छ : प्रधानमन्त्री ओली

बुद्ध दर्शनले मात्रै विश्वमा शान्ति हासिल हुन्छ : प्रधानमन्त्री ओली

शुक्रवार , मंसिर १४, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धको विचारबाटै विश्वमा शान्ति र समृद्धि हासिल हुन सक्ने बताएका छन् ।

लुम्बिनी बौद्ध विश्व विद्यालयको २०औं वार्षिकोत्सव तथा तेस्रो विशेष दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले शान्ति, करुणा र मित्रताबाट मानवजातिको कल्याण हुने बताए । प्रधानमन्त्री ओलीले मानवजातिको कल्याण विश्वशान्तिबाट हुने बताए ।

त्यसैलाई निष्कर्षका रूपमा आफूहरूले समृद्ध नेपाल सुखी नेपालीको नारा तय गरेको समेत उनले बताए ।

प्रधानमन्त्री ओलीले विश्वभरका बौद्ध धर्मावलम्बी र विश्वभरका शान्तिप्रेमीहरूको पावन भूमिका रूपमा लुम्बिनीलाई विकास गरिने बताए ।

उनले लुम्बिनीलाई मानवजाति मात्रै नभई सबै प्राणी रमाउन सक्ने सुन्दर बगैंचा बनाउनुपर्नेमा जोड दिए ।

उनले आफू प्रधानमन्त्री भएको बेला बुद्धजयन्तीको बेला हिलोमा टेकेर कार्यक्रम गर्नुपरेको स्मरण गर्दै त्यही बेला अन्तर्राष्ट्रिय बुद्धिष्ट ध्यान तथा सम्मेलन केन्द्रको निर्माण गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077