Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

बौद्ध धर्मले नेपाल र चीनबीचको सम्बन्धलाई थप प्रगाढ बनाएको छ : प्रधानमन्त्री ओली

बौद्ध धर्मले नेपाल र चीनबीचको सम्बन्धलाई थप प्रगाढ बनाएको छ : प्रधानमन्त्री ओली

शुक्रवार , मंसिर २८, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध धर्मले नेपाल-चीनबिचको सम्बन्धलाई थप प्रगाढ बनाउने बताएका छन् ।

काठमाडौंमा नन्हाई बुद्ध धर्म गोलमेच सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।  उनले बुद्ध धर्मले शान्ति र सांस्कृतिक आदानप्रदानलाई बढावा दिने उल्लेख गरे ।

उनले यस्ता सम्मेलनले नेपाल र चीनबिचका मात्रै नभई अन्य देशमा रहेका बौद्ध धर्मावलम्वीहरुबिचको सम्बन्ध अझ प्रगाढ बनाउने, आपसी प्रेरणा जागृत गराउने बताए ।

प्रधानमन्त्री ओलीले एसियाका ज्योतिको रूपमा परिचित गौतमबुद्धको जन्मस्थलमा भइरहेको यो कार्यक्रमले नेपाल र बौद्ध धर्मावलम्वीहरुबीचको सम्बन्ध थप मजबुत बनाउने विश्वास व्यक्त गरे ।

उनले नेपाल बौद्धमार्गीहरुका लागि अध्ययनको थलो भएको समेत बताए। बुद्धको जन्मस्थल लुम्बिनीलाई समृद्ध र संरक्षण गर्नुपर्ने आवश्यकता औँल्याए।

गौतम बुद्धको शिक्षाले जीवनलाई सार्थक र उज्यालो बनाउने बताए । उनले नेपालबाट विश्वमा शान्तिको सन्देश दिन सक्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077