Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

माओवादीको केन्द्रीय समिति बैठक पुस २१ गते बस्ने

माओवादीको केन्द्रीय समिति बैठक पुस २१ गते बस्ने

शुक्रवार , मंसिर २८, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक पुस २१ गते बस्ने भएको छ ।

शुक्रबार बसेको पार्टीको स्थायी समिति बैठकले पुस २१ गते केन्द्रीय समिति बैठक बस्ने निर्णय गरेको हो ।

केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्न पुस १८ देखि २० गतेसम्म स्थायी कमिटी बैठक पनि बस्नेछ।

मंसिर मसान्तभित्र खबरदारी सभा र पालिका सम्मेलन गर्ने भने पनि विभिन्न कारणले सम्पन्न हुन नसकेको माओवादी केन्द्रले जनाएको छ ।

शुक्रबारको स्थायी कमिटी बैठकमा मंसिर १६ मा भएको स्थानीय तह उपनिर्वाचनबारे समीक्षा पनि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077