Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

जब वामदेवले मागे प्रधानमन्त्री र अध्यक्षबाट ओलीको राजीनामा...

जब वामदेवले मागे प्रधानमन्त्री र अध्यक्षबाट ओलीको राजीनामा...

शुक्रवार , मंसिर २८, २०८१

काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको मोबाइलमा फोन गरेर राजीनामा माग गरेका छन् ।

एक कार्यक्रममा जाँदै गर्दा गौतमले प्रधानमन्त्री ओलीको मोबाइलमा फोन गरेर राजीनामा माग गरेका हुन् । आदिवासी जनजाति महिलाहरूको प्रथम राष्ट्रिय भेलामा सहभागी प्रधानमन्त्री ओलीले शुक्रबार गौतमसँगको फोनमा भएको कुराकानीबारे सुनाए।

मञ्चबाट बोल्दै उनले वामदेव गौतमसँग नै भएको कुराकानीबारे केही कुरा सुनाए। ओलीको मोबाइलमा फोन गरेर गौतमले कुनै एक भिडिओ हेरेका आधारमा प्रधानमन्त्री र एमाले अध्यक्ष पदबाट राजीनामा मागेका थिए।

वामदेवसँगको फोन संवादबारे ओलीले भने,'अहिले भर्खर म गाडीमा आउँदै थिएँ, वामदेव गौतमजीले फोन गर्नुभयो । अनि के भन्नुभयो भने, मदन भण्डारी कांग्रेसले मारेको हो । मलाई पहिले नै थाहा थियो, म चुप लागें । कांग्रेसले मारेको पहिलै थाहा थियो, मार्छ भन्ने पनि पहिलै थाहा थियो । पहिले म चुप लागें, अहिले बुढो पनि भइसकेँ, अब जे सुकै भए पनि मलाई केही छैन । म कुरा भन्दैछु भनेर मेरै (मेरै स्वरमा छ), अब केपी ओलीले प्रधानमन्त्रीबाट पनि पार्टी अध्यक्षबाट पनि राजीनामा गर्नुपर्छ, यस्तो भनेर पाइन्छ । भन्देऊ तिम्रो ठूलो बालाई भनेर, कुरा मसँग गर्दै हुनुहुन्थ्यो । कुराको अन्तिममा तिम्रो ठूलोबालाई भन्देऊ, प्रधानमन्त्रीबाट पनि राजीनामा गर्न भन्देऊ, पार्टी अध्यक्षबाट पनि राजीनामा गर्न भन्देऊ । यस्तो अपराध गरेर पनि बस्न पाइन्छ ?'

ओलीको मोबाइल स्वकीय सचिव राजेश बज्राचार्यले उठाउने गरेको ठानेर गौतमले उनीमार्फत ओलीको राजीनामा माग गरे । तर,गौतमको नम्बरबाट फोन आएको देखेपछि राजेश बज्राचार्यबाट लिएर आफूले फोन उठाएको पनि ओलीको भनाइ छ।

वामदेव र आफू नङ र मासुजस्तै गरी एउटै यात्रामा अघि बढे पनि उनलाई पनि भ्रम हुने गरी कसैले भिडिओ बनाएको र त्यो भिडिओ सुनेर वामदेवले फोन गरेको ओलीको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077