Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

जनतालाई अधिकार दिलाउने पहिलो पार्टी नै कांग्रेस हो : सहरी विकासमन्त्री सिंह

जनतालाई अधिकार दिलाउने पहिलो पार्टी नै कांग्रेस हो : सहरी विकासमन्त्री सिंह

आइतवार , मंसिर ३०, २०८१

काठमाडौं । सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेस जनतालाई अधिकार दिलाउने पहिलो पार्टी भएको बताएका छन्।

काठमाडौंमा आइतबार भएको एक कार्यक्रममा बोल्दै उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकासमन्त्री सिंहले यस्तो बताएका हुन् ।

उनले कांग्रेस नेपालमा इतिहास बोकेको पार्टी भएको पनि बताए।

सहरी विकासमन्त्री सिंहले भने,‘हामी नेपाली कांग्रेस पार्टीको क्रियाशील सदस्य हो। क्रियाशिल सदस्य भएपछि नेपाली कांग्रेस पार्टी इतिहास बोकेको पार्टी हो। यो पार्टीको महत्वको बारेमा हामीले अलि ख्याल राख्नुपर्‍यो । जनतालाई अधिकार दिलाउन त्यो आइडिया नेपालमा बीजारोपण मात्रै होइन, बिजारोपण गरेर त्यसका लागि लडेको पार्टी भएर नेपाली कांग्रेस पाल्टिकली अधिकार दिलाउनमा अरु पार्टीको भन्दा जनताले बेग्लै किसिमले नेपाली कांग्रेसप्रति आशाको रुपमा हेर्छन् भन्नेकुरा बिर्सिनु हुँदैन।’

इतिहास बोकेको पार्टीको महत्वको बारेमा ख्याल राखेर अघि बढ्न पार्टीका नेताकार्यकर्तालाई उनले निर्देशन दिए।

उपप्रधानमन्त्री सिंहले नेपाली जनताले नेपाली कांग्रेसप्रति आशाको रुपमा हेर्ने गरेको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077