Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

कांग्रेसप्रति जनताको आशालाई निराशामा बदल्न दिनुहुँदैन : प्रकाशमान सिंह

कांग्रेसप्रति जनताको आशालाई निराशामा बदल्न दिनुहुँदैन : प्रकाशमान सिंह

आइतवार , मंसिर ३०, २०८१

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले कांग्रेसप्रति जनताको आशालाई निराशामा बदल्न नहुने बताएका छन्।

काठमाडौंमा कांग्रेसको सय दिने अभियानअन्तर्गत काठमाडौं ३१ मा आयोजित कार्यक्रममा बोल्दै शहरी विकासमन्त्री सिंहले यस्तो बताएका हुन् ।

कांग्रेसप्रति जनतामा रहेको आशालाई निराशामा बदल्ने अवस्था आउन दिन नहुने उनले बताए।

कांग्रेस नेतासमेत रहेका सिंहले जनताको अधिकार प्राप्तिका लागि नेतृत्वदायी भूमिका निर्वाह गरेको कांग्रेस पार्टीप्रति अहिले पनि जनताको ठूलो आशा रहेको बताए ।

उनले कांग्रेसकै नेता तथा कार्यकर्ताहरूले पार्टी हित विपरित बोल्दा त्यसलाई जनतामा नकारात्मक नजिता देखिने भएकाले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने धारणा राखे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077