Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

नेपाल र भारतबीचको खेल वर्षाका कारण रद्द

नेपाल र भारतबीचको खेल वर्षाका कारण रद्द

मंगलवार , पौष २, २०८१

काठमाडौं । एसीसी महिला यु-१९ एसिया कपमा नेपाल र भारतबीचको खेल वर्षाका कारण रद्द भएको छ।

मलेसिया क्रिकेट एसोसियसनका अनुसार निरन्तरको वर्षाले मैदान प्रभावित बनाएपछि खेल नो रिजल्टमा पुगेको हो । यससँगै नेपाल र भारतले अंक बाँडेका छन्।

यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ओभरको खेलमा ९ विकेट गुमाएर ९४ रन बनाएको हो। नेपालका लागि कप्तान पुजा महतोले सर्वाधिक २५ रन बनाइन्।

त्यस्तै अलिशा कुमारी यादव २० रनमा अविजित रहिन्। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।

भारतका लागि परुनिका सिसोडियाले सर्वाधिक ४ विकेट लिइन्। त्यस्तै आन्नदिता किशोर र मिथिला भीले १-१ विकेट लिए।

९५ रनको विजय लक्ष्य पछ्याएको भारतले ३.१ ओभरमा बिना विकेट क्षति २८ रनमा खेलिरहेका बेला वर्षाले प्रभावित बनाएको थियो।

वर्षाका कारण खेल पनि ढिला सुरू भएको थियो। नेपालले सोमबार पाकिस्तानलाई हराउँदै सेमिफाइनल यात्रा सुनिश्चित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077