Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

चितवन राइनोजले टस जित्यो, कर्णाली याक्सलाई ब्याटिङको निम्तो

चितवन राइनोजले टस जित्यो, कर्णाली याक्सलाई ब्याटिङको निम्तो

बुधवार , पौष ३, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिगको इलिमिनेटर खेलमा कर्णाली याक्सविरुद्ध चितवन राइनोजले टस जितेर फिल्डिङ रोजेको छ । टियु क्रिकेट मैदानमा चितवनका कप्तान कुशल मल्लले टस जितेर कर्णालीलाई ब्याटिङको निम्तो दिएका हुन् ।

लिग चरणको खेलमा चितवनले कर्णालीले चितवनलाई ६ विकेटले पराजित गरेको थियो । यस खेलका विजेताले दोस्रो क्वालिफायर खेल्न पाउने छन् भने पराजित टिम प्रतियोगिताबाट बाहिरिनेछ ।

पहिलो क्वालिफायरमा दिउँसो १ बजे जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच खेल हुनेछ । एनपिएलको विजेता टोलीले एक करोड १० लाख रुपियाँ पुरस्कार पाउनेछ ।

उपविजेतालाई ५१ लाख, तेस्रोलाई २५ लाख र चौथोलाई १५ लाख रुपियाँ पुरस्कार दिने निर्णय क्यानले गरेको छ । एनपिएलको उत्कृष्ट खेलाडीले करिव ६२ लाख रुपियाँको ‘आमोडा एन्ड जेईको’ कम्पनीको कार पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077