Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

चितवन राइनोजलाई चौथौ सफलता, शून्य रनमा पवेलियन फर्किए गुल्सन

चितवन राइनोजलाई चौथौ सफलता, शून्य रनमा पवेलियन फर्किए गुल्सन

बुधवार , पौष ३, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिगको एलिमिनेटर खेलमा कर्णाली याक्सविरुद्ध चितवन राइनोजलाई चौथौ सफलता मिलेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा चितवनका कप्ताल कुशल मल्लले चौथो सफलता दिएका हुन् । उनले गुल्सन झालाई शून्य रनमा आउट गराए ।

यसअघि रवि बोपाराले तेस्रो सफलता दिलाएका थिए । उनले जयकिशन कोलसावालालाई ५३ रनमा आउट गरे । यसअघि शरद भेसवाकरले दोस्रो सफलता दिलाएका थिए ।

उनले जिशान मकसूदलाई १४ रनमा क्याच आउट गराए । यसअघि सोहेल तानवीरले पहिलो सफलता दिलाएका थिए । उनले दोस्रो ओभरको पहिलो बलमै ओपनर रित गौतमलाई आउट गरे ।

चितवनले टस जितेर फिल्डिङ रोजेपछि कर्णालीले ब्याटिङ गरिरेहको छ । यो समाचार तयार पार्दासम्म कर्णाली याक्सले १५ ओभरको समाप्तिमा चार विकेटको क्षतिमा १२० रन बनाएर खेलिरहेको छ ।

यो खेलको विजेताले दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ। पराजित टोली भने प्लेअफबाटै बाहिरिनेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077