Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

चितवनलाई हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा

चितवनलाई हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा

बुधवार , पौष ३, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिगको एलिमिनेटर खेलमा चितवन राइनोजमाथि कर्णाली याक्सले सहज जित हात पारेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा १७६ रनको लक्ष्य पछ्याएको चितवन राइनोजले १५४ रन मात्र बनाउन सक्यो ।

कर्णालीले दिएको १७६ रनको लक्ष्य पछ्याएको चितवनले २० ‌ओभरमा ९ विकेटको क्षतिमा १५४ रन मात्र जोड्न सक्यो। चितवनका लागि रवी बोपाराले अर्धशतक प्रहार गरे पनि त्यो जितका लागि पर्याप्त हुन सकेन।

१८औं ओभरमा नन्दन यादवको बलमा गुल्सन झाबाट क्याच हुनुअघि उनले ५३ रन जोड्ने क्रममा ३४ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। चितवनको ब्याटिङ कुनै पनि बेला सम्हालिन सकेन।

ओपनर हसन इशाखिल पहिलो ओभरमा एक रनमा आउट भए। अर्का ओपनर विपिन रावलले भने १८ रन बनाए। दुवैलाई कर्णालीका कप्तान सोमपाल कामीले गुल्सन झाबाट क्याच गराए।

विपिन तेस्रो ओभरमा आउट भएका थिए। त्यसपछि लुक बेन्केस्टाइनले १६ रन र कप्तान कुशल मल्ल २१ रन जोडेर आउट भए। लुकलाई जीशन मक्सुदले छैटौं ओभरमा बोल्ड गर्दा कुशल एघारौं ओभरमा विपिनप्रसाद शर्माबाट बोल्ड भए।

१६औं ओभरमा कर्णालीका मक्सुदले दुई विकेट लिए। उनले सन्तोष कार्कीलाई ८ रन र सोहेल तन्विरलाई ४ रनमा क्याच गराएका थिए। १८औं ओभरमा अमरसिंह रटेउला ९ रन बनाएर खेलिरहदा नन्दन यादवबाट बोल्ड भएका थिए।

दोस्रो बलमा अमर पेभिलियन फर्किएपछि पाँचौ बलमा रवी बोपारा पनि छक्का प्रहार गर्ने क्रममा आउट भए। बोपारा आउट भएसँगै आठ विकेट गुमाएको चितवन हार नजिक पुगेको थियो। अन्तिम ओभरमा रिजन ढकाल ७ रनमा रनआउट भए ।

बलिङमा कर्णालीका जीशन मक्सुदले ३ विकेट लिए। उनले ४ ओभरमा २६ रन खर्चिए। कप्तान सोमपाल कामी र नन्दन यादवले २(२ विकेट लिए भने विपिनप्रसाद शर्माले १ विकेट हात पारे।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदान टस जितेको चितवनले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको कर्णालीले ६ विकेटको क्षतिमा १७५ रन जोड्यो।

चितवन राइनोजमाथि २१ रनको जित निकालेसँगै कर्णाली याक्स दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ। चितवन भने बाहिरिएको छ। अब फाइनल प्रवेशका लागि कर्णालीले बिहीबार प्रतिस्पर्धा गर्नेछ।

कर्णालीले दोस्रो क्वालिफायरमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीचको खेलमा पराजित हुने टोलीसँग प्रतिस्पर्धा गर्नेछ। आजै जनकपुर र सुदूरपश्चिमबीच पहिलो क्वालिफायर हुँदैछ। यो खेलको विजेता टोली फाइनल पुग्नेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077