Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

रविचन्द्रन आश्विनले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास

रविचन्द्रन आश्विनले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास

बुधवार , पौष ३, २०८१

काठमाडौ‌ । भारतका स्पिनर रविचन्द्रन आश्विनले सबै प्रकारका अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन्।

आश्विनले ब्रिस्बेनमा अष्ट्रेलिया र भारतबीचको तेस्रो टेस्ट बराबरीमा सकिएको केही क्षणपछि नै यो घोषणा गरेका हुन्।

अश्विनले खेलपछिको पत्रकार सम्मेलनमा घोषणा गरेका थिए। खेलपछिको पत्रकार सम्मेलनमा उनले सो खेल भारतका लागि अन्तिम खेल भएको बताएका थिए।

अब उनी बिहीबार भारत फर्कने बताइएको छ। उनले २८७ खेलमा कुल ७६५ अन्तर्राष्ट्रिय विकेट लिएर आफ्नो करियर समाप्त गरे। विशेष गरी उनले टेस्टमा उत्कृष्ट खेल देखाएका थिए।

टेस्टमा भारतका लागि सर्वाधिक विकेट लिने खेलाडीको दोस्रो स्थानमा रहेका उनले ५३७ विकेट लिएका थिए। टेस्टमा उनले ६ शतक र १४ अर्धशतक समेत प्रहार गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077