Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

जनकपुरलाई हराउँदै सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा

जनकपुरलाई हराउँदै सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा

बुधवार , पौष ३, २०८१

काठमाडौं । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा प्रवेश गरेको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको पहिलो क्वालिफायरमा जनकपुर बोल्ट्समाथि ८ विकेटको जित निकाल्दै सुदूरपश्चिम फाइनलमा पुगेको हो।

फाइनलमा पुग्न जनकपुरले दिएको १४० रनको लक्ष्य सुदूरपश्चिमले २ विकेटको क्षतिमा १८.३ ओभरमै पूरा गर्‍यो।

जनकपुरका ओपनर सइफ जइबले ३२ रन जोड्दा उनका ओपनिङ पार्टनर विनोद भण्डारीले अर्धशतक प्रहार गरे। भण्डारीले नटआउट ५८ रन जोडे।

उनले ५५ बल खेलेर ३ चौका र ३ छक्का प्रहार गरे। दीपेन्द्रसिंह ऐरीले १६ बलमा नटआउट २० रन जोडे। जइबले भण्डारीसँग पहिलो विकेटका लागि ७.३ ओभरमा ५६ रनको साझेदारी गरेका थिए।

उनी किशोर महतोको बलमा जिमी निशमबाट क्याच भए। यस्तै ब्रान्डन माक्मलेनले २५ रन जोडे। भण्डारीसँग दोस्रो विकेटका लागि ५९ रनको साझेदारी गरेका माक्मलेनले १९ बलमा १ चौका र १ छक्का प्रहार गरे।

उनलाई जनकपुरका ललितनारायण राजवंशीले निशमको हातबाट क्याच गराए। टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन जोडेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077