Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

टस जितेर श्रीलंकाविरूद्ध पहिले बलिङ गर्दै नेपाल

टस जितेर श्रीलंकाविरूद्ध पहिले बलिङ गर्दै नेपाल

बिहिवार , पौष ४, २०८१

काठमाडौं । एसीसी महिला यू-१९ एसिया कपको ‘सुपर ४’ अन्तर्गतको पहिलो खेलमा नेपालले श्रीलंकाविरुद्ध फिल्डिङ गर्ने भएको छ।

मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा नेपालले टस जित्दै पहिले फिल्डिङ गर्ने निर्णय लिएको हो।

यसअघि समूह ‘ए’ को उपविजेताको रुपमा नेपाल सुपर-४ मा पुगेको थियो। समूहमा नेपालले पाकिस्तानलाई पराजित गर्दा भारतसँगको खेल वर्षाले रद्द हुँदा अंक बाडेको थियो।

नेपालले सुपर-४ मा श्रीलंकासँग खेलेपछि बंगलादेशसँग दोस्रो खेल खेल्नेछ। सुपर-४ का शीर्ष दुई टोलीबीच उपाधि भिडन्त हुनेछ। सुपर-४ मा नेपाल ३ अंकसहित तेस्रो स्थानमा छ।

शीर्ष स्थानको भारतको ५ अंक छ भने दोस्रो स्थानको बंगलादेशको ४ अंक छ। भारत र बंगलादेशले सुपर-४ को एक एक खेलिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077