Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

नेपाल प्रिमियर लिग : कर्णालीविरुद्ध पहिले बलिङ गर्दै जनकपुर

नेपाल प्रिमियर लिग : कर्णालीविरुद्ध पहिले बलिङ गर्दै जनकपुर

बिहिवार , पौष ४, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत दोस्रो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध ​​​​​​​टस जितेर बलिङ गर्ने निर्णय गरेको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा जनकपुरका कम्तान आसिफ शेखले टस जितेर कर्णालीलाई ब्याटिङको निम्तो दिएका हुन् । यो खेलको विजेता फाइनल पुग्नेछ र सुदूरपश्चिमसँग उपाधिका लागि खेल्नेछ ।

बुधबार भएको एलिमिनेटर खेलमा चितवन राइनोजलाई २१ रनले पराजित गर्दै कर्णालीले दोस्रो क्वालिफायर खेल्न लागेको हो। सोही दिन भएको पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएपछि जनकपुरले दोस्रो क्वालिफायर खेल्न लागेको हो।

दुवै टिममा पछिल्ला खेलबाट एक एक परिवर्तन गरिएको छ । कर्णालीका रित गौतमको स्थानमा युनिस सिंह ठकुरी तथा जनकपुरमा अरनिको यादवको स्थानमा मयन यादव पहिलो रोजाइमा खेल्दैछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077