Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कर्णाली याक्सले जनकपुरलाई दियो ११९ रनको सामान्य लक्ष्य

कर्णाली याक्सले जनकपुरलाई दियो ११९ रनको सामान्य लक्ष्य

बिहिवार , पौष ४, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिगको दोस्रो क्वालिफायरमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससलाई सामान्य रनको लक्ष्य दिएको छ।

जनकपुरले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले ९ विकेटको क्षतिमा ११८ रन बनाएको हो।

एलिमिनेटरको खेलमा चितवनविरूद्ध अर्धशतक प्रहार गरेका जयकिशन कोल्सावाला १ रनमै आउट भए। उनी दोस्रो ओभरमा जनकपुरका ललितनारायण राजवंशीको बलमा हर्ष थाकरबाट क्याच भए।

त्यसपछि छैटौं ओभरमा ओपनर देव खनाल २४ रन जोडेर आउट भए। जिमी निशमको बलमा आकाश त्रिपाठीबाट क्याच हुनुअघि उनले २० बलमा ३ चौका र १ छक्का प्रहार गरे।

त्यसपछि जिशन मक्सुद १२ रन र विलियम बोसिस्टो १४ रनमा पेभिलियन फर्के। सातौं ओभरमा मोहमद मोहसिनले विकेटकिपर लाहिरू मिलन्थाबाट जिशनलाई क्याच गराए।

बोस्सिटोलाई दशौं ओभरमा ललितले मिलन्थाबाटै क्याच गराए। चाडविक वाल्टनलाई १२औं औभरमा हर्ष थाकरले ११ रनमा क्याच गराए भने अर्को ओभरमा अर्जुन घर्तीलाई २ रनमा मयन यादवले रनआउट गरे।

जससँगै कर्णालीले १३ ओभर चल्दै गर्दा ६ विकेट गुमाउँदा ७९ रन जोडेको थियो। त्यसपछि सोमपाल कामी ५ रनमा आउट भए। उनी १६औं ओभरमा शेर मल्लको बलमा मोहसिनबाट क्याच भए।

१७औं ओभरमा गुल्सन झा २५ रनमा आउट भएपछि कर्णालीको स्कोरबोर्ड झनै सुस्त हुन पुग्यो। २० बलमा १ चौका र २ छक्का प्रहार गरेका गुल्सनलाई मोहसिनले बोल्ड गरेका थिए।

यस्तै अन्तिम बलमा जिमी निशमको एलबिडब्लूको धरापमा पर्नुअघि युनिस ठकुरीले १२ रन जोडे। अघिल्ला दुई बलमा उनले निशमलाई लगातार चौका प्रहार गरेका थिए।

बलिङमा जनकपुरका जिमी निशम, ललितनारायण राजवंशी र मोहमद मोहसिनले २/२ विकेट लिए। हर्ष थाकर र शेर मल्लले १/१ विकेट हात पारे। खेलको विजेता फाइनलमा पुग्नेछ। फाइनल पुग्ने टोलीले शनिबार सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077