Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको लक्ष्य

सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको लक्ष्य

शनिवार , पौष ६, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १ सय ८५ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा जारी खेलको निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै सुदूरपश्चिमले १ सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको हो ।

सुदूरपश्चिमले ओपनर सबफ जइबको अर्धशतकको मद्दतमा ९ विकेटको क्षतिमा १८४ रन जोड्यो। जइबले ६९ रनको योगदान गरे। उनले ४३ बलमा ८ चौका र ३ छक्का प्रहार गरे।

जइब ललित राजवंशीको हातबाट आउट भए । जबइले पहिलो विकेटका लागि विनोद भण्डारीसँग १२ ओभरमा ११७ रनको साझेदारी गरेपछि सुदूरपश्चिमले उत्कृष्ट सुरूवात गरेको थियो।

अर्को ओभरमा दोस्रो बलमा ललितले सुदूरपश्चिमका अर्का ओपनर भण्डारीलाई बोल्ड गरे। आउट हुनुअघि भण्डारीले ३१ बलमा १ चौका र ३ छक्काको मद्दतमा ४१ रन जोडे।

जनकपुरले ३ बलको बीचमा सुदूरपश्चिमका दुवै ओपनरलाई आउट गरेको थियो । १५औं ओभरको अन्तिम बलमा सुदूरपश्चिमले तेस्रो विकेट गुमायो। जनकपुरका मोहमद मोहसिनले हर्मित सिंहलाई १४ रनमा आउट गरे।

जनकपुरका सब्सिच्युट फिल्डर हेमन्त धामीले उत्कृष्ट क्याच लिएका थिए। १६औं ओभरको अन्तिम बलमा ब्रान्डन माक्मलेन पनि १४ रनमा आउट भए। उनलाई जनकपुरका जिमी निशमले बोल्ड गरेका थिए।

स्कटिस अलराउन्डर माक्मलेनले १२ बलमा १ छक्का प्रहार गर्न सके। सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले ९ रन जोड्न सके। उनी १९औं ओभरको पहिलो बलमा मोहमद मोहसिनको बलमा हेमन्त धामीबाट बाउन्ड्री लाइनमा क्याच भएका थिए।

यो ओभरको पाँचौ बलमा सुदूरपश्चिमले अर्को विकेट गुमायो। आरिफ शेख पनि छक्का प्रहार गर्ने चक्करमा १ रनमा ललितबाट बाउन्ड्रीमा समातिए। अन्तिम ओभरको पहिलो बलमा सुदूरपश्चिमका स्कट कुगेलेइनलाई किशोर महतोले बोल्ड गरिदिए।

उनले १० बलमा २ चौका प्रहार गर्दै १३ रन जोडे। यस्तै चौथो बलमा नरेश बुढाएर पनि ३ बलमा ८ रन जोडेर आउट भए। अन्तिम बलमा इशान पाण्डे तीन रन लिने क्रममा ६ रनमा रनआउट भए।

सुदूरपश्चिमले पछिल्लो पाँच ओभरमा ६ विकेट गुमाउँदा ४१ रन मात्र जोडेको थियो। उसले पहिलो दश ओभरमा विनाविकेटको क्षतिमा ९७ रन जोडेको थियो।

बलिङमा जनकपुरका मोहसिन र किशोरले ३/३ विकेट लिए। मोहसिनले ४ ओभरमा ४० रन खर्चिदा किशोरले ३ ओभरमा २५ रन दिए। जिमी निशम र ललित राजवंशीले १/१ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077