Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

एनपीएलमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले जिते कार

एनपीएलमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले जिते कार

शनिवार , पौष ६, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले कार जितेका छन्।

एनपीएलको उत्कृष्ट खेलाडी बन्दै सुदूरपश्चिमका कप्तान ऐरीले कार जितेका हुन्।

उनले प्रतियोगितामा ९ खेलमा २२७ रन बनाए। टी२० क्रिकेटमा विश्वका नम्बर २ अलराउन्डर उनले ९ विकेट लिए।

सारडा समूहले एनपीएलकै उत्कृष्ट हुने नेपाली खेलाडीलाई ओमोडा ई५ कार दिने घोषणा गरेको थियो। उक्त कार दीपेन्द्रले पाउने भएका हुन्।

त्यस्तै जनकपुर बोल्ट्सका ललित राजबंशीले मोटरसाइकल जितेका छन्। एनपीएलमा सर्वाधिक विकेट लिने नेपाली खेलाडी ललितले मोटरसाइकल जितेका हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077