Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एनपीएल विजेता टोली जनकपुरलाई राष्ट्रपति पौडेलको बधाई

एनपीएल विजेता टोली जनकपुरलाई राष्ट्रपति पौडेलको बधाई

शनिवार , पौष ६, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जित्न सफल जनकपुर बोल्ट्सलाई बधाई दिएका छन् ।

साथै, उनले प्रतियोगितामा सहभागी सबैलाई शुभकामना दिँदै आउँदा संस्करणमा अझ राम्रो गर्ने विश्वास व्यक्त गरेका छन् ।

आज भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले दिएको एक सय ८५ रनको लक्ष्य पछ्याएको जनकपुरले १९ ओभर दुई बलमा पाँच विकेट गुमाएर भेटायो ।

एनपीएल विजेता जनकपुर बोल्ट्सले ट्रफीसहित एक करोड १० लाख तथा दोस्रो भएको सुदूरपश्चिम रोयल्सले ५१ लाख रुपैयाँ प्राप्त गरेको छ । त्यस्तै तेस्रो टोली कर्णाली याक्सले २५ लाख र चौथो चितवन राइनोजले १५ लाख रुपैयाँ प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077