Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एनपीएल विजेता जनकपुरलाई पूर्वप्रधानमन्त्रीद्वय देउवा र प्रचण्डले प्रदान गरे ट्रफी

एनपीएल विजेता जनकपुरलाई पूर्वप्रधानमन्त्रीद्वय देउवा र प्रचण्डले प्रदान गरे ट्रफी

शनिवार , पौष ६, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग पहिलो संस्करणको विजेता टिम जनकपुर बोल्ट्सलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ट्रफी हस्तान्तरण गरेका छन् ।

शनिबार सुदूरपश्चिम रोयल्सलाई हराउँदै च्याम्पियन बनेको जनकपुरलाई देउवा र प्रचण्डले ट्रफी हस्तान्तरण गरेका हुन् ।

सँगै नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द पनि उपस्थित थिए । ट्रफी लिन जनकपुरका मार्की खेलाडी आसिफ शेख र नियमित कप्तान अनिल साह मञ्चमा पुगेका थिए ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा जनकपुरले सुदूरपश्चिमलाई पाँच विकेटले हराउँदै उपाधि जितेको हो । एनपीएल विजेता जनकपुर बोल्ट्सले ट्रफीसहित एक करोड १० लाख हात पारेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077