Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

विश्वकप खेल्ने महिला यू–१९ टोली बन्द प्रशिक्षणका लागि चितवनमा

विश्वकप खेल्ने महिला यू–१९ टोली बन्द प्रशिक्षणका लागि चितवनमा

मंगलवार , पौष ९, २०८१

चितवन । आगामी जनवरीमा मलेसियामा हुने महिला यू–१९ विश्वकपको तयारीका लागि नेपाली टोली चितवन आएको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर १५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना खेल मैदानमा हुने बन्द प्रशिक्षणमा सहभागी हुने १८ जना खेलाडीसहितको टोली चितवन आएको हो ।

चितवन क्रिकेट संघका अध्यक्ष सुदीप पियाका अनुसार, बन्द प्रशिक्षण बुधबारदेखि सुरु हुनेछ छ ।

कतिपय हवाई मार्ग हुँदै र कतिपय सडकबाट आउँदै गरेको उनले बताए । बन्द प्रशिक्षणमा खेलाडीसहित २३ जना सहभागी हुने उनले जानकारी दिए ।

बन्द प्रशिक्षण पुस २२ गते सम्म चल्नेछ । बुधबार मध्याह्न १२ः३० बजेदेखि बन्द प्रशिक्षण सुरु हुने छ ।

बन्द प्रशिक्षण सकिएलगत्तै नेपाली टोली प्रतियोगिताका लागि मलेसिया प्रस्थान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077