Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

अस्ट्रेलियन ओपनर समलाई धक्का दिएपछि आईसीसीले गर्‍यो कोहलीलाई कारवाही

अस्ट्रेलियन ओपनर समलाई धक्का दिएपछि आईसीसीले गर्‍यो कोहलीलाई कारवाही

बिहिवार , पौष ११, २०८१

एजेन्सी । आईसीसीले भारतीय ब्याटर बिराट कोहलीलाई कारवाही गरेको छ ।

अस्ट्रेलियन ओपनर सम कोन्स्टासलाई धक्का दिएपछि कोहली आईसीसीको कारबाहीमा परेका हुन् ।

म्याच रेफ्रि एन्डी पाएक्राफ्टले कोहलीलाई २० प्रतिशत म्याच फि कटौतीका साथै एक डी–म्यारिट प्वाइन्ट पनि दिएका छन् । कोहलीमाथि गरिएको यो कारबाही मैदानमा गरेको खराब ब्यवहारका कारण हो ।

३७ वर्षीय कोहलीले टेस्टमा डेब्यु गरेका १९ वर्षीय अस्ट्रेलियन ओपनर सम कोन्स्टासलाई धक्का दिनुका साथै बहस समेत गरेका थिए । कोहलीले रेफ्रिसँग आफ्नो गल्ति स्विकारेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077