Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

राज्यव्यवस्था तथा सुशासन र पूर्वाधार विकास समितिको बैठक बस्दै

राज्यव्यवस्था तथा सुशासन र पूर्वाधार विकास समितिको बैठक बस्दै

शुक्रवार , पौष १२, २०८१

काठमाडौं । संघीय संसद्अन्तर्गतका दुई संसदीय समितिको बैठक बस्दै छ । संसद सचिवालयका अनुसार राज्यव्यवस्था तथा सुशासन र पूर्वाधार विकास समितिको बैठक बस्न लागेको हो ।

राज्यव्यवस्था समितिको बैठक दिउँसो १२ः१५ बजे कानुन समितिको सभाकक्ष, सिंहदरबारमा बस्नेछ ।

संघीय निजामती सेवाको गठन, सञ्‍चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्तासँग छलफल गर्ने सम्भावित कार्यसूची छ ।

पूर्वाधार विकास समितिको बैठक बिहान ११ बजे कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाकक्षमा बस्नेछ ।

बैठकमा विद्युत विधेयक, २०८० माथि संशोधनकर्ता सदस्यहरूसँग छलफल गर्ने सम्भावित कार्यसूची रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077