Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

माधवसँग भेटेपछि वामदेवले भने - एकीकृत समाजवादीमा प्रवेशको सम्भावना छ

माधवसँग भेटेपछि वामदेवले भने - एकीकृत समाजवादीमा प्रवेशको सम्भावना छ

सोमवार , पौष १५, २०८१

काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग भेट गरेका छन् ।

गौतमले एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग आलोकनगरमा भेटवार्ता गरेका हुन् ।

अध्यक्ष नेपालसँगको भेटपछि गौतमले पुराना संस्मरणहरू पुनर्जीवित गरिएको बताए । आफुहरुबीच नयाँ आकाशतर्फ फेरि हिँड्नपर्छ भन्ने पनि कुरा भएको गौतमले बताए ।

उनले आफू एकीकृत समाजवादी प्रवेशको सम्भावना रहेको पनि बताए। आजको भेटमा पार्टी एकताको क्रममा आफूनिकट नेताहरूले कुन–कुन जिम्मेवारी पाउने भन्दै गौतमले चासो राखेका थिए ।

एकीकृत समाजवादीमा गौतमलाई नेपाल र झलनाथ खनालपछिको वरियता दिने तयारी छ । अन्य नेताहरूको व्यवस्थापनको टुंगो भने लागिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077