Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

माओवादीलाई शेरादरबारसँग जोडेर प्रचार गरियो : प्रचण्ड

माओवादीलाई शेरादरबारसँग जोडेर प्रचार गरियो : प्रचण्ड

सोमवार , पौष १५, २०८१

झापा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले माओवादीलाई शेरादरबारसँग जोडेर प्रचार गरिएको बताएका छन् ।

झापाको गौरीगञ्जमा भएको पार्टीको सम्मेलन र खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

अध्यक्ष प्रचण्डले शेरादरबारको जग्गामा माओवादीलाई जोडेर प्रचार गरिएको भन्दै असन्तुष्टि जनाए।

अध्यक्ष प्रचण्डले भने,‘हाम्रो पार्टी १२/ १५ वर्षअघि छाडिसकेका मान्छेको जग्गाको विषय ल्याएर माओवादीको मानिस रहेछ भनेर शेरा दरबारमा प्रचार गरिएको छ । योभन्दा बेइमानी केही हुनै सक्दैन।’

उनले भ्रष्टाचार र बेथितीमा पार्टीका नेताहरू जोडिएको पाइएमा छुट नदिइने बताए। आफू प्रधानमन्त्री हुँदा माओवादीका नेताहरूलाई पनि विभिन्न अनुसन्धानको दायरामा ल्याएको उनको भनाइ छ।

शेरा दरबारको जग्गा सरकारको भए तुरून्तै सरकारका नाममा ल्याउन पनि केपी शर्मा ओली नेतृत्वको सरकारलाई उनले चुनौती दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077