Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

भ्रष्टाचार र बेतिथि रोक्न प्रत्यक्ष निर्वाचन प्रणालीबाट राष्ट्रपति बनाउनुपर्छ : प्रचण्ड

भ्रष्टाचार र बेतिथि रोक्न प्रत्यक्ष निर्वाचन प्रणालीबाट राष्ट्रपति बनाउनुपर्छ : प्रचण्ड

सोमवार , पौष १५, २०८१

झापा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले भ्रष्टाचार र बेतिथि रोक्न प्रत्यक्ष निर्वाचन प्रणालीबाट राष्ट्रपति बनाउनुपर्ने बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापाको गौरीगञ्ज गाउँपालिकामा सोमबार आयोजित खबरदारी सभा तथा बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले यस्तो बताएका हुन् ।

उनले सङ्घीय लोकतान्त्रिक र गणतन्त्र नै मुख्य राजनीतिक व्यवस्था हो भने शासकीय स्वरूप निर्वाचन प्रणाली अनुसार प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति भए मात्र मुलुकमा स्थिरता र सुशासन कायम रहन सक्नेमा जोड दिए ।

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति भएलगतै भ्रष्टाचार र बेतिथिको मुहान पुरिन सक्ने उनको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077