Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

प्रधानमन्त्रीलाई भेटेर कप्तान किरणले भने - एसिया कप छनोट खेल नेपालमै गर्न पहल होस्

प्रधानमन्त्रीलाई भेटेर कप्तान किरणले भने - एसिया कप छनोट खेल नेपालमै गर्न पहल होस्

सोमवार , पौष १५, २०८१

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् ।

उनी सोमबार प्रधानमन्त्री ओलीलाई भेट्न कार्यालयमै पुगेका थिए । भेटमा कप्तान किरणले एसिया कप छनोट खेल नेपालमै गर्नका लागि पहल गर्न प्रधानमन्त्री ओलीसँग आग्रह गरेका छन् ।

'सम्माननीय प्रधानमन्त्रीज्यूले खेलकुद मनोरञ्जनको साधन मात्र नभएर राष्ट्रनिर्माणको आधार भएको बताउँदै नेपाली फुटबललाई विश्वस्तरमा पुर्‍याउन देखाउनुभएको दृढ इच्छाशक्ति र सहयोगप्रति हामी आभारी छौँ। नेपाली खेल क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउन भविष्यमा महत्त्वपूर्ण निर्णयहरू हुनेछन् भन्ने विश्वास छ,' उनले लेखेका छन्, 'हामीले नेपालमै एएफसी एसिया कपको छनोट खेल आयोजना गर्नको लागि सम्माननीय प्रधानमन्त्रीज्यूलाई पहलकदमीको लागि अनुरोध गरिसकेका छौँ। उहाँको सकारात्मक पहलकदमीले सकारात्मक परिणाम आउनेमा हामीलाई विश्वास छ।'

एएफसी एसियन कप २०२७ को छनोट चरणको अन्तिम चरणमा नेपाल रहेको समूह ‘एफ’ मा भियतनाम, लाओस र मलेसिया छन् । जसअन्तर्गत नेपालले मार्च २५ मा होम म्याच मलेसियासँग खेल्ने छ । तर दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता पाउने वा नपाउने निश्चित नहुँदा नेपालले आफ्नो ‘होम म्याच’ घरेलु मैदानमा खेल्ने निश्चित छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077