Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

एमालेबाट निष्कासित भीम रावलसँग कर्ण मल्ल र तारा जोशीको के भयो कुराकानी ?

एमालेबाट निष्कासित भीम रावलसँग कर्ण मल्ल र तारा जोशीको के भयो कुराकानी ?

सोमवार , पौष १५, २०८१

काठमाडौं । नेकपा एमालेबाट निष्कासनमा परेका पूर्वउपाध्यक्ष भीम रावलले नयाँ पार्टी घोषणाको तयारी थालेका छन् । जसका लागि उनले अहिले विभिन्न व्यक्तिहरुसँग परार्मश लिइरहेका छन् भने भेटघाटमा तीव्रता दिएका छन् ।

उनले नयाँ राजनीतिक यात्राबारे जानकारी दिन बुधबार पत्रकार सम्मेलनसमेत आयोजना गरेका छन् । भेटवार्ताकै क्रममा उनले सोमबार नेपाली कांग्रेस (विपी) का वरिष्ठ उपसभापति कर्णबहादुर मल्ल र सुदूरपश्चिम प्रदेशसभाका स्वतन्त्र सदस्य डा तारा जोशीसँग परामर्श लिएका छन् ।

स्रोतका अनुसार डडेल्धुराका प्रभावशाली नेता पूर्वसांसद समेत रहेका मल्ल र जोशीसँग उनले आगामी राजनीतिक यात्राका बारेमा गहन छलफल गरेका छन् ।

रावल निवास टोखामा उनीहरुबीच छलफल भएको थियो । भेटमा अगामी दिनमा नयाँ ढंगबाट राजनीति यात्रा कसरी सुरु गर्ने भन्ने बारे छलफल भएको दाबी गरिएको छ ।

छलफलमा सहभागी मल्लले पनि नयाँ शिराबाट राजनीतिमा अगाडी बढ्ने विषयमा कुराकानी भएको बताए । रावललाई गत १० पुसमा एमालेले पार्टीको संगठित सदस्यबाट हटाउने निर्णय गरेको थियो ।

अब देश दौडाहाबाट प्राप्त सल्लाह र सुझावका आधारमा पार्टी बनाउने तयारी रावलले गरेका छन् । पार्टीको नाम भने कम्युनिष्टमा सीमित नगर्ने रावलको रणनीति छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077