Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

शिक्षालाई साक्षरतामा मात्रै सीमित होइन, रोजगारी र देशभक्तिसँग जोड्नुपर्छ : उपराष्ट्रपति

शिक्षालाई साक्षरतामा मात्रै सीमित होइन, रोजगारी र देशभक्तिसँग जोड्नुपर्छ : उपराष्ट्रपति

सोमवार , पौष १५, २०८१

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले शिक्षालाई श्रम, रोजगारी र देशभक्तिसँग जोड्नुपर्ने बताएका छन् ।

उपराष्ट्रपति यादवले सोमबार उदयपुर चौदण्डीगढी नगरपालिका-८ स्थित सरस्वती मावि सावाको स्वर्ण जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले साक्षरतामा मात्रै सीमित नराखी शिक्षालाई श्रम, रोजगारी र देशभक्तिसँग जोड्नुपर्ने बताए ।

उनले समाजमा सबैमा समानताको भावना जागृत गर्न एवं देशको विकास र समृद्धिमा सहयोग गर्न पनि शिक्षालाई आजको आवश्यताअनुसार परिमार्जन गर्दै लैजानु पर्नेमा जोड दिए ।

पछिल्लो समय बदलिँदो विश्व परिवेश र प्रविधि युग अनुरुप शिक्षा प्रणाली, पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षण विधि र शिक्षण सिकाइ क्रियाकलाप आदि परिस्कृत र परिमार्जित गर्दै व्यवहारिक बनाउन उत्तिकै आवश्यक रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077