Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

अर्थ र विधायन व्यवस्थापन समितिको बैठक बस्दै

अर्थ र विधायन व्यवस्थापन समितिको बैठक बस्दै

मंगलवार , पौष १६, २०८१

काठमाडौं । सङ्घीय संसद अन्तर्गत आज दुई वटा समितिको बैठक बस्दैछ ।

आज अर्थ समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।

बिहान ११ बजे सिंहदरबारमा बस्ने अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० माथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची रहेको छ । बैठकमा अर्थमन्त्री र मन्त्रालय अन्तर्गत राजस्व सचिवलाई पनि आमन्त्रण गरिएको छ ।

यस्तै, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा तिलङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ मा सरोकारवालासँग छलफल गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077