Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

देशभर राष्ट्रिय मेलमिलाप आवश्यक छ : देउवा

देशभर राष्ट्रिय मेलमिलाप आवश्यक छ : देउवा

मंगलवार , पौष १६, २०८१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै नेपालीबीच एकता र मेलमिलाप भएमात्र राष्ट्रिय उद्देश्य पूरा हुने बताएका छन्।

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा आज सोह्रखुट्टेमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन्।

सभापति देउवाले देशैभर राष्ट्रिय मेलमिलाप आवश्यक रहेको र कांग्रेसले नै त्यसको अग्रसरता लिनुपर्ने बताए।

सभापति देउवाले भने, ‘कांग्रेसका लागि मात्र होइन, देशभरका लागि राष्ट्रिय मेलमिलाप आवश्यक छ, कांग्रेसले अग्रसरता लिनुपर्छ।’

सभापति देउवाले गणतन्त्रलाई सुदृढ बनाउँदै गएमा स्थायी हुने पनि बताए।

कांग्रेस संस्थापक बीपी कोइरालाले २०१६ सालमा परिकल्पना गरेको राष्ट्रिय एकता तथा मेलमिलाप अहिले पनि उत्तिकै सान्दर्भिक रहेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077