Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

सरकारको नेतृत्व ओलीले गरे पनि नीतिगत नेतृत्व कांग्रेसले गरिरहेको छ : सिटौला

सरकारको नेतृत्व ओलीले गरे पनि नीतिगत नेतृत्व कांग्रेसले गरिरहेको छ : सिटौला

मंगलवार , पौष १६, २०८१

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गरे पनि नीतिगत नेतृत्व भने नेपाली कांग्रेसले गरिरहेको बताएका छन्।

राष्ट्रिय मेलमिलाप दिवस एवं सय दिने विशेष अभियान समापन कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले यस्तो बताएका हुन् ।

उनले जनताको आर्थिक प्रगति अहिलेको आवश्यकता रहेको बताए।

नेता सिटौलाले नेपालको अस्तित्वको रक्षाका लागि, नेपाली जनताको आर्थिक समृद्धि र प्रगतिको लागि नेपाली कांग्रेसले सबै राजनीतिक दलहरुलाई एकाकार गरेर राष्ट्रिय मेलमिलाप निर्माण गरी अघि बढ्ने बताए।

पछाडि परेका जनतालाई अगाडि ल्याउनुपर्ने, दलित, महिलाका समस्या समाधान गरेर आर्थिक प्रगतिको पक्षमा नेपाली कांग्रेस पार्टीले डोर्‍याउनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077