Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

प्रचण्डले बीपीलाई बुझ्न ढिला गर्दा हिंसात्मक द्वन्द्व भयो : महामन्त्री शर्मा

प्रचण्डले बीपीलाई बुझ्न ढिला गर्दा हिंसात्मक द्वन्द्व भयो : महामन्त्री शर्मा

मंगलवार , पौष १६, २०८१

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बीपीलाई बुझ्न ढिला गर्दा हिंसात्मक द्वन्द्व भएको बताएका छन्।

पूर्वकर्मचारी समाज नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् ।

महामन्त्री शर्माले भने,‘यो समाजलाई बीपीले पहिल्यै संगै जाऔं भन्नुभयो । कम्युनिस्ट आन्दोलनले यो कुरा बुझ्दैगर्दा ढिलो भएको उदाहारण हो, कमरेड प्रचण्ड हुनुपर्छ। मदन भण्डारीले जुन कालखण्डमा वीपीलाई बुझ्नुभयो, त्यही कालखण्डमा प्रचण्डले बुझ्नुभएको भए १० वर्षे हिंसात्मक द्वन्द्व हुँदैन थियो । यतिधेरै मान्छे मारिनु पर्दैन थियो ।'

उनले बीपी कोइरालालाई कम्युनिस्ट आन्दोलनले बुझ्न ढिला गर्दा देशले १० वर्षे हिंसात्मक आन्दोलन द्वन्द्व खेप्नु परेको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077