Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

प्रतिनिधिसभाको सचिवमा हर्कराज राई नियुक्त

प्रतिनिधिसभाको सचिवमा हर्कराज राई नियुक्त

मंगलवार , पौष १६, २०८१

काठमाडौं । प्रतिनिधिसभाको सचिवमा हर्कराज राई नियुक्त भएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले राईलाई आज सचिव नियुक्त गरेका हुन् ।

सभामुख देवराज घिमिरेले गत आइतबार राष्ट्रपति पौडेलसँग भेट गरी संविधानको धारा १०६ बमोजिम सचिव नियुक्तिका लागि सिफारिस गरेका थिए।

प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले २०८१ मंसिर ९ गते राजीनामा दिएपछि सो पद रिक्त थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077