Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

कार्यकर्तालाई महासचिव पोखरेलको आग्रह - एमालेलाई राष्ट्रिय शक्ति बनाउने अभियानमा लाग्नुस्

कार्यकर्तालाई महासचिव पोखरेलको आग्रह - एमालेलाई राष्ट्रिय शक्ति बनाउने अभियानमा लाग्नुस्

मंगलवार , पौष १६, २०८१

बाँके । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेलाई सबल राष्ट्रिय शक्ति बनाउने अभियानमा लाग्न पार्टी कार्यकर्तालाई आग्रह गरेका छन् ।

एमाले नेपालगन्ज उपमहानगरपालिका कमिटीले मंगलबार आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उनले यस्तो आग्रह गरेका हुन् । उनले समृद्धिका लागि बहुमतको सरकार आवश्यक पर्ने बताए ।

महासचिव पोखरेलले ‘मिसन ८४’अन्तर्गत एमालेलाई राष्ट्रिय शक्ति बनाउन सबै तहका नेता तथा कार्यकर्ताको सक्रिय भूमिका आवश्यक पर्नेमा जोड दिए। मिसन ८४ मा केन्द्रित भएर काम गर्न उनले निर्देशन पनि दिए।

महासचिव पोखरेलले विश्वका अन्य देशमा एउटै राजनीतिक दल र नेताले दुई–तीन कार्यकाल सरकारको नेतृत्व गरिरहेको अवस्थामा नेपालमा भने सरकारले पूर्ण कार्यकाल सेवा गर्न नपाउँदा प्रमुख दुई दलबिच सहकार्य हुनु असामान्य नभएको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077