Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

सरकार असफल भए झन अराजकता बढ्नेछ, विकासलाई प्राथमिकतामा राखेर काम गरौँ : शेखर कोइराला

सरकार असफल भए झन अराजकता बढ्नेछ, विकासलाई प्राथमिकतामा राखेर काम गरौँ : शेखर कोइराला

मंगलवार , पौष १६, २०८१

इटहरी । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले केपी शर्मा ओली नेतृत्वको सरकारलाई असफल हुने छुट नभएको बताएका छन् ।

मंगलबार नेपाल पत्रकार महासंघ सुनसरीमा निर्वाचित प्रतिनिधिको पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले ओली नेतृत्वको सरकार असफल भएमा अराजकता निम्तिने बताए ।

‘अहिलेको सरकार असफल हुने छुट छैन र छिटो भन्दा छिटो काम गर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘राजनीतिक स्थायित्वको निम्ति कांग्रेस र एमाले ठूला दल मिलेर सरकार बनाएकाले गर्दा निराशा जनतामा आशा ल्याउने काम गर्न ढिलाई गर्न हुँदैन ।’

उनले अहिलेको सरकारलाई सुशासन र विकासलाई प्राथमिकतामा राखेर काम गर्न सुल्झाए । स्थिरता नभएकाले गर्दा जनता निराश भएकाले गर्दा यसतर्फ गम्भीर हुनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077