Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

सत्ता पक्ष र प्रतिपक्षबीच बोलचाल छैन, समस्या झन् जटिल बन्यो : प्रचण्ड

सत्ता पक्ष र प्रतिपक्षबीच बोलचाल छैन, समस्या झन् जटिल बन्यो : प्रचण्ड

शनिवार , पौष २०, २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अहिले सत्ता पक्ष र प्रतिपक्षबीच बोलचाल नभएको बताएका छन् ।

शनिबार काठमाडौंमा नेपाल राष्ट्रिय व्यवसायी महासंघको ७औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

उनले विगतमा सहमति र संवादका लागि थुप्रै पहल भए पनि अहिले सत्ता पक्ष र प्रतिपक्षबीच संवादको अभावले समस्या झन् जटिल बन्दै गएको बताए ।

यस्तै उनले देशको राजनीतिक तहमा स्वच्छता कायम गर्न आवश्यक रहेको बताए । देशको अवस्था गम्भीर र जटिल भएको भन्दै राजनीतिमा राम्रो नियत र निष्ठाका साथ काम गर्ने संस्कार बस्नुपर्नेमा उनको जोड छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077