Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

बेलायतको संसद्‌मा सम्बोधन गर्दै शेखर कोइराला

बेलायतको संसद्‌मा सम्बोधन गर्दै शेखर कोइराला

शनिवार , पौष २०, २०८१

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संयुक्त अधिराज्य बेलायतको संसद्‌मा सम्बोधन गर्ने भएका छन् ।

उनले यही जनवरी १३ का दिन संसद् भवनभित्र आयोजना गरिने एक विशेष कार्यक्रममा सम्बोधन गर्ने उनको निजी सचिवालयले जनाएको छ ।

उक्त कार्यक्रममा बेलायतका एसिया मामिला हेर्ने विदेश राज्यमन्त्री, उद्योग, व्यापार तथा वाणिज्यमन्त्रीका साथै बेलायती सांसदहरूको उपस्थिति रहनेछ ।

नेता कोइराला बेलायतको एसिया मामिला हेर्ने विदेश राज्यमन्त्री क्याथराइन वेस्ट र उद्योग, व्यापार तथा वाणिज्यमन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा यही जनवरी ९ मा त्यसतर्फ जाँदै छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077