Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

माओवादीको स्थायी कमिटी र केन्द्रीय समिति बैठक बस्दै

माओवादीको स्थायी कमिटी र केन्द्रीय समिति बैठक बस्दै

आइतवार , पौष २१, २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी र केन्द्रीय समितिको बैठक आज बस्दैछ ।

स्थायी कमिटीको बैठक बिहान ८ बजे केन्द्रीय कार्यालय पेरिसडाँडा र केन्द्रीय कमिटी बैठक दिउँसो १ बजे धुम्बाराही स्थित एक ब्याङ्केटमा बस्नेछ ।
शनिवार २ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक अन्तिम समयमा स्थगित भए पछि आज बस्न लागेको हो ।

आज दिउँसो सुरु हुने केन्द्रीय समिति बैठकमा पेश गर्न लागेको ‘पार्टी रूपान्तरण र पुनर्निर्माणको सङ्कल्प आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदनलाई अन्तिम रूप दिन स्थायी कमिटी बस्न लागेको हो ।

यसैबीच दिउँसो १ बजे बस्ने केन्द्रिय समिति बैठकमा अध्यक्ष प्रचण्डले ‘पार्टी रूपान्तरण र पुनर्निर्माणको सङ्कल्प आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यतालिका छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077