Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

सर्वेन्द्रलाई लक्षित गर्दै गोकुल बाँस्कोटाले भने – खाएको थालमा चुठ्नु राम्रो होइन !

सर्वेन्द्रलाई लक्षित गर्दै गोकुल बाँस्कोटाले भने – खाएको थालमा चुठ्नु राम्रो होइन !

आइतवार , पौष २१, २०८१

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले खाएको थालमा चुठ्नु राम्रो नहुने भन्दै एमाले छाड्नेहरुप्रति कटाक्ष गरेका छन्।

पूर्वआईजीपी सर्वेन्द्र खनालले एमाले छाडेको घोषणा गरेपछि सामाजिक संञ्जालमा लेख्दै नेता बाँस्कोटाले उक्त टिप्पणी गरेका हुन्। बाँस्कोटाले स्वार्थपूर्तिका लागि पार्टीमा आउनेहरू लाभ लिएर जानु अनौठो नभएको बताए ।

बाँस्कोटाले लेखेका छन्, ‘आफ्नै लागि आउनेहरु आए, सकेजति लाभ लिए र गए । हाइट र लाइट एमालेकै टोपी, धोती अनि गुन्यू चोली लगाएर बढाए ।’

पूर्वप्रहरी महानिरीक्षक खनालले एमाले छाडेको स्टाटस फेसबुकमा लेखेपछि पूर्वमन्त्री बाँस्कोटाले पनि फेसबुकमार्फत् नै सो टिप्पणी गरे।

२०८० वैशाख १० गतेको उपनिर्वाचनमा एमालेबाट तनहुँ क्षेत्र नम्बर १ मा उठेर तेस्रो भएका खनालले आइतबार एमाले छोडेको घोषणा गरेका थिए ।

नेता बाँस्कोटाले मान्छेको वास्तविक परीक्षण सजिलो, स्वार्थपूर्ति र पदीय महत्वकांक्षामा होइन, सङ्कट, त्याग र सङ्घर्षको समयमा हुने स्मरण गराए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077