Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

प्रचण्ड सरकारले भ्रष्टाचारविरुद्ध कुनै अभियान चलाएको थिएन : प्रधानमन्त्री ओली

प्रचण्ड सरकारले भ्रष्टाचारविरुद्ध कुनै अभियान चलाएको थिएन : प्रधानमन्त्री ओली

आइतवार , पौष २१, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्ध कुनै अभियान नचलाएको दाबी गरेका छन्।

एमालेको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन्।

उनले पेश गरेको राजनीतिक प्रतिवेदनमा प्रचण्ड नेतृत्वको सरकार आफ्नालाई चोख्याउने अभियानमा केन्द्रित रहेको उल्लेख छ।

प्रधानमन्त्री ओलीले माओवादी नेतृत्वको सरकारले ललितानिवास प्रकरणमा पूर्व प्रधानमन्त्रीहरूलाई र सुन तस्करीमा पूर्वसभामुख महरालाई जोगाएको दाबी गरेका छन् ।

प्रधानमन्त्री ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘पूर्ववर्ती सरकारले भ्रष्टाचार विरुद्ध कुनै 'अभियान' चलाइरहेको थिएन। बरु आफ्नालाई चोख्याउने' अभियानमा केन्द्रित थियो। चर्चित ललितानिवास प्रकरणमा सर्वोच्चको निर्देशनात्मक आदेशपछि मात्रै सम्बद्ध प्रकरणमा जोडिएका पूर्व प्रधानमन्त्रीहरूलाई सोधपुछ गरिएको विषय होस् या सुन तस्करीमा नाम मुछिएका पूर्वसभामुखलाई संसदमा दबाबपछि बनेको न्यायिक आयोगको प्रतिवेदनपछि मात्रै बाध्यात्मक रुपमा मुद्दा चलाइएको विषय होस्, नेपाली जनताका मनमा त्यतिबेला प्रदर्शित पाखण्ड र सदाचारको आवरणमा भ्रष्टाचारको संरक्षणका घटनाहरू ताजै छन्। त्यसैले गर्न खोजिएको दाबी झूठा र अर्थहीन छ।’

वर्तमान सरकार र एमाले-कांग्रेसको साझा निष्कर्ष भ्रष्टाचारको विषयलाई राजनीतिकरण गरिनु नहुने प्रतिवेदनमा उल्लेख छ।

जुन औँलामा विष लागेको छ, त्यही औँला झर्ने भएकाले विषाक्त औँलालाई जोगाउन सिङ्गै हात र कहिलेकाँही त पूरै शरीरको बलिदान दिन नसकिने प्रधानमन्त्री ओलीको तर्क छ।

राजनीतिक प्रतिवेदनमा दुई ठूला दल सम्मिलित सरकारसँग वैधता र आधिकारिकता हुँदाहुँदै पनि अझै पनि अस्थिरतामा रमाउन चाहने तत्त्व सक्रिय रहेको उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077