Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

गुटबन्दीले पार्टीलाई बलियो बनाउँदैन : प्रधानमन्त्री ओली

गुटबन्दीले पार्टीलाई बलियो बनाउँदैन : प्रधानमन्त्री ओली

आइतवार , पौष २१, २०८१

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको गुटबन्दीले पार्टीलाई बलियो नबनाउने बताएका छन्।

आजबाट सुरु भएको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।

उनले लोकतन्त्रको नाममा गुटबन्दी गरेर भाँडभैलो मच्याउने कामले पार्टीलाई बलियो नबनाउने टिप्पणी गरे।

अध्यक्ष ओलीले विरोधीका आरोपमाथि एमाले चुप लागेर बस्न नहुने पनि बताए।

बहकावमा लागेर नभई एउटै नीतिगत लयमा पार्टी र देशको स्वार्थलाई केन्द्रमा राखेर हामी अगाडि बढ्नुपर्ने अध्यक्ष ओलीको भनाई छ।

उनले केन्द्रीय कमिटी बैठकमा ४३ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पनि पेस गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077